बागमतीमा कांग्रेसका बहादुरसिंह मुख्यमन्त्री बन्दै


काठमाडौं – बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्री बन्ने भएका छन्।

आइतबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको छ।

केन्द्रको सत्ता समिकरणको सहमतिसँगै लामा मुख्यमन्त्री बन्ने पक्का भएका हुन्।

योसँगै माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेलको सरकार ढल्ने भएको छ।

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् तर, उनको पक्षमा बहुमत नपुग्ने निश्चित रहेको छ।

प्रतिक्रिया