प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने तीन दलको निर्णय


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी तीन दलले विश्वासको मत नदिने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो ।

माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनले भने, ‘आइतबार विश्वासको मत दिदैनौं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्थ्यो । ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बन्ने पुनले बताए ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

प्रतिक्रिया