एकै जिल्लाबाट ओली सरकारमा तीन मन्त्री
काठमाडौं – संघीय सरकारमा पर्सा जिल्लाबाट पहिलोपटक तीनजना मन्त्री बनेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा पर्साबाट तीनजना मन्त्री बनेका हुन् ।
पर्सा-१ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् भने पर्सा- २ का सांसद अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने पर्सा- ३ का सांसद राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् ।
यादव जसपाका केन्द्रीय उपमहासचिव, चौरसिया कांग्रेसको केन्द्रीय सदस्य र गुप्ता एमालेका केन्द्रीय सदस्य हुन् ।