सादगी र निष्कलंकित नेता बद्रीलाई कांग्रेसले गर्यो न्याय, बने पर्यटन मन्त्री
काठमाडौं – सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बाजुराबाट पटिल्लो पटक प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सपथ लिएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सोमबार गठन भएको सरकारमा मन्त्रीका रुपमा प्रवेश पाएका पाण्डे सांसद बनेको तेस्रो पटकमा सरकारमा सामेल हुने अवसर पाएका हुन् । यसअघि पाण्डेले संविधानसभा सदस्य र राष्ट्रिय सभा सदस्यका रुपमा समेत काम गरिसकेका पाण्डे तेस्रोपटक संसदमा प्रतिनिधित्व गरिरहेका छन् ।
कांग्रेसका सहमहामन्त्री रहेका पाण्डे ३ पटक सांसद भइसकेका पाण्डेले अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् । पिछडिएको क्षेत्रबाट कम्युनिष्ट गढ भत्काएर सांसद बनेका पाण्डेलाई अहिले नेपाली कांग्रेसले न्याय गरेको बाजुराका कांग्रेस कार्यकर्ताहरु बताउँछन् । उनी २०७९ को निर्वाचनमा बाजुराबाट नेकपा एमालेका कर्णबहादुर थापालाई ५४३७ मतअन्तरले पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । उनले ३१७८६ मत ल्याएका थिए ।
पार्टीको असल संगठकका रुपमा काम गर्दै आएका पाण्डे कहिल्यै पनि पदको भोको भएनन् । बाजुरा जिल्ला कम्युनिष्ट पार्टीको गढ नै थियो । पाण्डेलाई कांग्रेसले उम्मेदवार बनाउँदा जित्ने आशा कमैले गरेको बाजुराका कांग्रेस नेताहरुनै बताउँछन् । तर, पाण्डे सादगी शैली र सैद्धान्तिक, वैचारिक प्रष्टताका कारण बाजुराका जनताले अत्याधिक रुचाएर जित हात पारे ।
एमालेका प्रभावशाली मानिने नेता कर्ण थापालाई पराजित गर्दै पाण्डेले सहज जित निकाले । कर्णालीमा बढ्दै गएको कम्युनिष्ट पकड बाजुरामा कमजोर पार्न पाण्डे सफल पनि भए । नेविसंघको राजनीतिबाट आएका पाण्डे पार्टीको केन्द्रीय सदस्य हुँदै हाल सहमहामन्त्री छन् ।
पिछडिएको क्षेत्रको पनि प्रतिनिधित्व हुने र सरकारमा रहेर काम पनि गरेर देखाउनसक्ने निष्कलंकित छवि पनि भएकाले पाण्डेले पटकपटक चर्चामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।