शेखर समूहबाट मन्त्री बन्न ४ जनाको नाम सिफारिश
काठमाडौं – नेपाली कांग्रेसको डा शेखर कोइराला समूहले मन्त्री बन्नका लागि ४ जनाको नाम सिफारिश गरेको छ ।
शेखर समूहबाट प्रदीप पौडेल, हृदयराम थानी, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष उक्त नाम सिफारिस गरेका छन् ।
मन्त्री बन्न सहमहामन्त्रीद्धय बद्री पाण्डे र जीवन परियार मुख्य आकांक्षी रहेको तर उनीहरूलाई नछानिएको स्रोतको दाबी छ ।