अलराउन्डर आदिललाई क्यानले बोलायो, प्रतिबन्ध फुकुवाको तयारी


काठमाडौं– स्पट फिक्सिङमाको अभियोगमा सफाइ पाएका पूर्व राष्ट्रिय क्रिकेटर अलराउन्डर आदिल अन्सारीमाथि लागेको प्रतिबन्ध फुकुवा अन्तिम चरणमा पुगेको छ ।

नेपाल क्रिकेट संघ क्यानको गतसाता बसेको बैठकले एक साताभित्र सबै प्रक्रिया पुरा गर्न अनुशासन समितिलाई जिम्मा दिएको थियो ।

क्यानका एक पदाधिकारीका अनुसार अनुशासन समितिले आदिसंग पनि छलफल गरेको छ ।

क्यानका एक पदाधिकारीले भने,‘केही दिनमै निलम्बन फुकुवाको सिफासि हुन्छ । सिफारिस भएसँगै लागू हुन्छ । त्यसपछि उनी क्रिकेटमा फर्किन पाउछन् ।’

आदिलसहित ५ जनालाई काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो ।

पछि सबैलाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको थियो ।

विष्फोटक ब्याटर आदिल मध्यम गतिका बलर समेत हुन ।

उनले नेपालबाट सन् २०२२ मा अमेरिकाविरुद्धको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

उनले नेपालका लागि ६ एकदिवसीय र ८ टि–२० अन्तराष्ट्रिय खेल खेलेका छन् । जसमा उनले एकदिवसीयमा ५ र टि–ट्वान्टीमा ६ विकेट लिएका छन् ।

प्रतिक्रिया