किन बयान दिन मानिरहेका छैनन् बेचन झा ? प्रहरीलाई नबोल्न निर्देशन


काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका बेचन झा बारम्बार बयान दिन अस्विकार गरिरहेका छन् ।

२ पटक जिल्ला सरकारी वकिलको कार्यालय लगिएका उनले बयान दिन मानेनन् ।

उनले आफु बिरामी भएको बताउँदै आएका छन् ।

झालाई १४ असारमा भारतबाट पक्राउ गरि नेपाल ल्याइएको थियो ।

झा माथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान जारी राखेको हो ।

उनी हिरासतमा बिरामी छन् । आफु अस्वस्थ्य रहेको बताएका झाले सरकारी वकिलको कार्यालयमा बयान दिन समेत अस्विकार गरेका छन् ।

झा नक्कली भुटानी प्रकरणमा सर्वाधिक खोजिएका पात्रमध्ये थिए । उनले गृहमन्त्रालयसँग सेटिङ गर्ने काम गरेका थिए ।

उनको राजनीतिक कनेक्सन कांग्रेस नेता कृष्णप्रसाद सिटौला र आरजु देउवासम्म देखिएको उच्च प्रहरी अधिकृतहरु बताउँछन् ।

केही कांग्रेस नेतासँग उनले नक्कली भुटानी प्रकरणबारे च्याटिङ समेत भेटिएको छ । आर्थिक लेनदेनमा पनि उनी मुछिएका छन् ।

झासँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको बताइन्छ ।

झामाथि अनुसन्धान गर्न प्रहरीले दुईपटक म्याद लिइसकेको छ ।

बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लगिएपनि उनले बयान दिएका छैनन् ।

झाविरुद्ध प्रहरीले किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध गरी तीनवटा मुद्दामा अनुसन्धान अगाडी बढाएको छ ।

२०७९ चैतदेखि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सांसद टोपबहादुर रायमाझीदेखि बहालवाला सचिव टेकनारायण पाण्डे लगायत पक्राउ परेका थिए ।  माओवादी र रास्वपाका सासंदले भने बेचन पक्राउ परेपछि नै नयाँ राजनीतिक समिकरण बनेको दाबी गर्दै आएका छन् ।

झाबारे प्रहरी बोल्न मान्दैन् । स्रोतका अनुसार झाबारे मिडियामा कुनै पनि कुरा नबोल्न प्रहरीलाई निर्देशन नै दिइएको छ ।

प्रायजसो प्रहरी अधिकृत झाबारे जानकारी लिन खोज्दा पन्छीदै आएका छन् ।

प्रतिक्रिया