स्वर्णिम सचिवालयले कुट्ने धम्की दिएको भन्दै मुकुलले मागे प्रहरी सुरक्षा


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले सुरक्षा व्यवस्थाको माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले दिएको जानकारी अनुसार आफूलाई स्वर्णिम वाग्लेको सचिवालयका व्यक्तिले धम्की दिँदै ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’ भनेको मुलुकले उल्लेख गरेका छन् ।

उनी लेख्छन्, स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’… लगायत अनेक भनेकाले , हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।

 

प्रतिक्रिया