कांग्रेस-एमालेबीच पाँच-पाँच मन्त्रालय भागबण्डामा सहमति


काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्म रहेकाले सोमबार मात्र शपथ हुने भएको हो ।

आइतबार नयाँ सरकार गठनको गृहकार्यमा जुटेका नेपाली कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डाको मोटामोटी सहमति भएको छ । आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नेछन् । आइतबार अबेर हुने भएकाले सोमबार बिहान ११ बजे शपथ लिने तयारी छ ।

स्रोतका अनुसार ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पाँचरपाँच वटा मन्त्रालय भागबन्डामा सहमति जुटिसकेको छ । कांग्रेस गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय चलाउनेगरी अन्तिम सहमति भएको एक नेताले जानकारी दिए ।

सहमति अनुसार, एमालेले अर्थ, रक्षा, शिक्षा, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कांग्रेसले गृह, परराष्ट्र, पर्यटन, स्वास्थ्य र कृषि मन्त्रालय लिनेछ । कांग्रेसबाट प्रकाशमामन सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने देउवाको तयारी छ । उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित क्याबिनेटमा पठाइनेछ।

स्रोतका अनुसार रमेश लेखक गृहमन्त्री, देउवा पत्नी समेत रहेका आरजु राणा देउवा परराष्ट्र मन्त्री बन्ने निश्चित छ । एमालेबाट उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिएर उपाध्यक्ष विष्णु पौडेललाई अर्थ मन्त्रालय, योगेश भट्टराईलाई सूचना तथा सञ्चार मन्त्रालय दिने ओलीको तयारी छ ।

 

प्रतिक्रिया