सिमलताल दुर्घटनाः गोलाघाटमा भेटियो एक शव


काठमाडौं-  चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटमा एक भारतीय नागरिककाे शव फेला परेको छ ।

नारायणी नदी किनारमा घाेप्टाे परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ ।

उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको हो । शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेकाे बसका यात्रु हुनसक्ने अनुमान गरिएको छ ।

बेपत्ता भएकाहरूका आफन्तमध्येका एक युवक ऋषि आफ्नो दाइ रहेको बताउँदै गोलाघाटतर्फ गएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले मुचुल्का गरेर शव जिल्ला अस्पताल भरतपुर लगेको छ ।

शुक्रबार दुईवटा गुडिरहेको बसलाई पहिरोले बगाएर त्रिशूलीमा डुबाउँदा ५० भन्दा बढी यात्रु बेपत्ता भएका छन् । बससहित उनीहरुको खोजी तथा उद्धार बिहानैदेखि गोताखोरसहितको प्रहरी टोली त्रिशूली तथा नारायणी नदी क्षेत्रमा तैनाथ गरिएका छन् ।

प्रतिक्रिया