त्रिशूलीमा बेपत्ता यात्रुसहितको बस खोज्न वाटर ड्रोन प्रयोग


काठमाडौं- त्रीशुली नदिमा  बेपत्ता भएका दुई यात्रुवाहक बस खोज्न पानीभित्र प्रयोग गर्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम प्रयोग गरिएको छ ।

शनिबार बिहानबाट सशस्त्र प्रहरी बालका गोताखोर हरुले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर खोज्न थालेका हुन् ।

र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ ।

बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका-२९ सिमलताल असार २८ गते बिहान नारायणी नदिमा खसेको थियो ।

प्रतिक्रिया