
ओम्नी र गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाए : प्रचण्ड
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण आफ्नो सरकार ढलाउन खोजिएको दाबी गरेका छन् ।
उनले आफूले कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाएको बताए ।
प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले भने,‘कुनै यति, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण मैले पेश गरे ।’



कागजपत्र |
