
नौबिसे-मलेखु सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने
काठमाडौं- सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे-मलेखु सडकखण्ड राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ । सो सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ ।
विभागले वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर– छहरे– टोखा सडक प्रयोग गर्न आग्रह गरेको छ ।



कागजपत्र |
