‘रवि लामिछानेको राहदानी प्रकरणमा पनि छानबिनका लागि समिति गठन गरिनुपर्छ’


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको दुईवटा राहदानी भएको जनाएका छन् ।

डा. ढकालले बिहीबार सर्वोच्चको अदालतले रवि लामिछानेमाथि अनुसन्धान भनिसकेको अवस्थामा पार्टीले छानबिन समिति गठन गर्नुपर्ने जनाएका छन् ।

त्यसका साथै मुकुलले राहदानीको सवालमा उनी दोषी ठहरिएको खण्डमा कहिल्यै पनि चुनाव लड्न नपाउने नियम रहेका कारण उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने जनाएका छन् ।

प्रतिक्रिया