प्रधानमन्त्री ओलीले डाकेको एमाले संसदीय दल बैठकमा उपाध्यक्ष गौतम ‘इन्ट्रि’को अर्थ


काठमाडौं– एमाले एकीकरण अभियानमा जुटेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन्। यसपछि एमाले केन्द्रीय कमिटीको बैठकमा पनि उनको उपस्थिति रहने बताइएको छ।

बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष सहभागी नभएको बैठकमा गौतमको उपस्थितिले एमाले नवौं महाधिवेशनको कित्ता एक ठाउँमा उभिएको अर्थ लागेको छ।

महाधिवेशनका बेला गौतमले प्रधानमन्त्री ओलीलाई एमाले अध्यक्षका लागि सहयोग गरेका थिए। ‘यसपछि हुने केन्द्रीय कमिटीले एमालेको पक्ष र विपक्षलाई स्पष्ट खाका दिनेछ। गौतमको उपस्थितिले यहि अर्थ राख्छ’, उच्च स्रोतले भन्यो।

No description available.

महाधिवेशनका बेला नेपालको सहयोगमा बरिष्ठ नेता खनाल सक्रिय रहेका थिए। उनी पक्षका एमालेका अन्य पदाधिकारी अहिलेको विवाद र अन्तरविरोधमा पनि नेपाल पक्षमा नै उभिएका छन्। तर गौतम ओली पक्षको बैठकमा सहभागी हुँदा बहुमत संस्थापनमै रहेको स्पष्ट चित्र देखाएको छ।

संसदीय दलमा त ओली आफैं दुई गुणाले बहुमतमा रहेका छन्। ‘अब संस्थापन र इतर समूह विभाजित भएको छ। ओलीले लिने जुनसुकै कारबाही या निर्णयले आधिकारिक रुपमा स्पष्ट ठाउँ पाउनेछ र वैधानिक ठहर हुनेछ’, स्रोतले भन्यो।

प्रतिक्रिया