संसदमा देखिएको अन्यौल लामो समय रहदैन : सभामुख सापकोटा


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको अन्यौल लामो समय नरहने बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस कार्यक्रमलाई संबोधन गर्दै सभामुख सापकोटाले संसदमा अहिले केही अन्योल देखिए पनि त्यो लामो समयसम्म नजाने बताएका हुन् । ‘संसदले जनआवाजको रूपमा काम गर्नेछ । सबैको आवाज संसदबाटै प्रतिविम्बित हुनेछ,’ उनले भने ।

उनले संसद पुनर्स्थापनाका लागि नागरिकले देखाएको ऐक्यबद्धता उच्च प्रसंशनीय रहेको बताए । ‘नेपाली जनताको महान एकता जिन्दावाद भन्न चाहन्छु । जनताको एकताको बलमा संविधानको रक्षा भएको छ । प्रतिनिधिसभाको नेतृत्वको हैसियतमा भन्न चाहन्छु संसदले जनअधिकार र जनआवाजको उच्चतम अभ्यास गर्ने छ ।’

 

प्रतिक्रिया