संसदीय दलको बैठकमा सहभागी हुन वामदेव गौतम पुगे बालुवाटार


काठमाडौं – नेकपा एमाले नेता वामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन गौतम बालुवाटार पुगेका हुन् ।

गौतम संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार आएको ओली निकट एमाले सांसद विशाल भट्टराईले जानकारी दिए ।

गौतम यसअघि ओली तथा नेपाल–खनालका कुनै पनि बैठक तथा भेलामा सहभागी भएका थिएनन् ।

संसदीय दलको बैठक केही समयमा बस्दै छ ।

प्रतिक्रिया