

अध्यक्ष ओलीकाे दाँतका कारण सर्यो एमाले सचिवालय बैठक

काठमाडौं- आज(मंगलबार)का लागि तय भएको नेकपा एमाले सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका कारण बैठक स्थगित भएको बताइएकाे छ । दाँत दुख्ने समस्याले सताएपछि अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकालेका थिए ।
आजको बैठकमा बोल्दा समस्या हुनसक्छ भनेर बैठक बुधबारलाई सारिएको सचिवालयले जनाएकाे छ ।

