महेश बर्तौलाको प्रश्न– साथीहरुको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?


काठमाडौं- नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री आज पनि कुर्सीमा आसिन हुनुहुन्छ । केही मन्त्रीहरु हुनुहुन्छ । हिजो सरकार बहुमतमा थियो । सरकार चलिरहेको थियो । केही राजनीतिक पार्टीका मन्त्रीहरु सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजिमा राजीनामा हालेर, बोकेर हिँड्नुहुन्थ्यो । तर सरकार स्पष्ट अल्पमतमा परेको भए पनि साथीहरुको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?’

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको बताएका छन् ।

प्रतिक्रिया