कल्भर्ट भत्किँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, बैकल्पिक बाटोको खोजी


काठमाडौं – लगातारको अविरल वर्षाले कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा पूर्वपश्चिम राजमार्गको कल्भर्ट भत्किएपछि बैकल्पिक बाटोको प्रयास गरिएको छ ।

बैकल्पिक बाटोबाटो भत्किएको स्थानभन्दा पर सवारी साधन निकाल्ने गरि छलफल भइरहेको छ ।

कल्भर्ट भत्किँदा महेन्द्रनगरबाट पूर्व–पश्चिम राजमार्ग भएर ओहरदोहर गर्ने सवारी साधन रोकिएका छन् ।

भीमदत्तनगरकै अन्य स्थान भएर बेदकोट नगरपालिकाबाट मुख्य राजमार्गमा जोड्ने विभिन्न बाटोको विकल्पबारे प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया