

प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेर सिधै राजीनामा गर्ने !
अझै काँग्रेसको आशमा प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गरेर राजीनामा गर्ने तयारी गरेका छन् ।
अहिलेकै अवस्थामा विश्वासको मत पाउने सम्भावना नदेखिएपछि उनले सम्बोधनबाटै राजीनामाको तयारी गरेका हुन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार २८ गतेसम्ममा घटनाक्रम हेरेर सकारात्मक परिस्थिती नबने राजीनामा दिने तयारी छ ।
तर प्रधानमन्त्रीलाई सहयोग गरेका दलले विश्वासको मतको सामना गर्नुपर्ने सुझाव दिएका छन् ।
काँग्रेसका एक पदाधिकारीले भने,‘प्रधानमन्त्रीजीको आश भनेको काँग्रेस हो । तर अहिले उहाँलाई समर्थन गर्ने सम्भावना निकै कम छ । किनकी नयाँ समिकरणको प्रक्रिया निकै अगाडी बढीसक्यो । फेरि उहाँले काँग्रेस–एमाले दुवैलाई प्रयोग गर्नुभएको छ । यस्तोमा कुनै चमत्कार भएमात्रै नत्र राजीनामा बाहेक अर्को विकल्प देखिदैन ।’
अहिलेकै अवस्थामा प्रचण्डको पक्षमा माओवादीसहित रास्वपा,नेकपा एसका गरि ६३ सांसद मात्रै देखिन्छन् ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मत लिनका लागि पत्र पठाएका छन् ।
नेकपा ९एमाले० ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

