क्यानले सातै प्रदेशमा इन्डोर ट्रेनिङ सेन्टर र अन्तराष्ट्रियस्तरको टर्फ विकेट निर्माण गर्ने


काठमाडौं– क्रिकेटको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा अन्तराष्ट्रिय मापदण्डको टर्फ विकेट निर्माण गरिने भएको छ ।

नेपाल क्रिकेट संघले प्रादेशिक संघहरुसँग समन्वय गरि सातवटै प्रदेशमा अन्तराष्ट्रिय मापदण्डको टर्फ विकेट निर्माण गर्ने भएको हो ।

२ दिनअघि सम्पन्न क्यानको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न अन्य १२ वटा निर्णय समेत गरेको छ ।

यस्तै क्यानले सातै प्रदेशमा इन्डोर ट्रेनिङ सेन्टर निर्माण गर्ने निर्णय समेत गरेको छ ।

इन्डोर ट्रेनिङ सेन्टर निर्माण प्रक्रिया भने आइसीसीबाट रकम प्राप्त भएपछि मात्रै हुनेछ ।

यसबाहेक त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती समेत गरिने भएको छ ।

 

 

 

प्रतिक्रिया