एमाले अध्यक्ष ओलीका सुरक्षा प्रमुख इन्स्पेक्टर थापाको निधन


काठमाडौं – पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका इन्स्पेक्टरको मृत्यु भएको छ ।

डेढ वर्षदेखि ओलीको सुरक्षामै कार्यरत इन्स्पेक्टर उमेश थापालाई आज बिहान अस्पताले मृत घोषणा गरेको हो ।

उनलाई भक्तपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।

सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार आकस्मिक हदृयघात भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

शवको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

थापाका एक छोरा र श्रीमती छन् ।

 

प्रतिक्रिया