भोटेकोशीमा हाइड्रोको ढलान भत्किएर बेपत्ता दुई मजदुरको शव भेटियो


काठमाडौं– भोटेकोशीमा हाइड्रोको ढलान भत्किएर बेपत्ता दुई मजदुरको शव फेला परेको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ मा निर्माणाधिन भोटेकोसी १ जलविद्युत आयोजनाको ढलान खसेर उनीहरु बेपत्ता भएका थिए ।
शुक्रबार ढलान खसेपछि १० जना पुरिएका थिए । अन्यकोे सकुशल उद्धार गरे पनि दुई जना बेपत्ता भएका थिए । आज बिहान दुई जना मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
ढलानले पुरिँदा ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेका छन् ।

प्रतिक्रिया