प्रचण्डको पक्षमा ६३ सांसद, विश्वासको मत नपाए को बन्छ प्रधानमन्त्री ?


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गरेका छन् ।

कांग्रेस–एमाले मिलेर नयाँ सरकार बनाउने सहमतिसँगै ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेका थिए ।

स्पष्ट अल्पमतमा परिसकेको अवस्थामा प्रचण्डले  विश्वासको मत लिने भन्दै संसद सचिवालयमा पत्र पठाएका छन् ।

सत्ता समीकरणको सबैभन्दा ठूलो घटक एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।

एमाले र काँग्रेस दुवैले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरिसकेका छन् ।

विश्वासको मत लागि प्रधानमन्त्रीले तयारी गरेपनि मत पाउने सम्भावना छैन् ।

एमाले–कांग्रेस बाहेक सबै दल प्रधानमन्त्रीको पक्षमा आएको अवस्थामा पनि बहुमत पुग्दैन् ।

साना दलहरु प्नि काँग्रेस–एमाले समिकरणमा जान तयार देखिएका छन् ।

अहिलेसम्म हेर्दा संसदमा प्रचण्डलाई माओवादीको ३२, रास्वपाको २१ र नेकपा एकीकृत समाजवादीको १० गरी कुल ६३ जना सांसद समर्थन  देखिएको छ । यसमा केही साना दल र स्वतन्त्र साँसदले उनलाई साथ दिनसक्छन् ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा कांग्रेस एमालेको मात्रै १६७ सांसद छन् । दुई तिहाइका लागि १८४ जना सांसदको समर्थन चाहिन्छ ।  कांग्रेससँग ८८, एमालेसँग ७९ (टोपबहादुर निलम्बित), जसपा ७, जसपा नेपाल ५, जनमत ६, लोसपा ४ र नाउपा ४ अहिलेको गठबन्धनको पक्षमा  देखिएको छ । राप्रपाले पनि संविधान संशोधन गर्ने कांग्रेस एमाले गठबन्धनलाई सकारात्मक भनेको छ ।

प्रचण्ड संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री बनेका हुन् । सदनबाट विश्वासको मत लिँदा नपाए स्वतः धारा ७६ (३) अनुसारको सरकार बन्ने माओवादी नेताहरुको तर्क छ ।

केही काँग्रेस नेताहरुले पनि माओवादीको तर्कमा सहमती जनाएको देखिन्छ । कांग्रेस नेता शेखर कोइरालाले शुक्रबार अहिले नै एमाले–काँग्रेस खुशी हुने अवस्था नरहेको र ठुलो दलको नेतृत्वमा सरकार बन्नसक्ने अवस्थाको संकेत गरेका थिए ।

तर कांग्रेसले ७६ (२) अनुसार नै ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय पार्टीबाट औपचारिकरूपमा गरिसकेको छ । यस्तोमा सरकार गठन आव्हानमा राष्ट्रपतिले कुन धारा प्रयोग गर्छन चासोपूर्वक हेरिएको छ ।

धारा ७६ (३) अनुसार सरकार गठन भए ठुलो दलको हैसियतमा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

प्रतिक्रिया