सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयको वेभसाईट ह्याक


काठमाडाैं- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को वेभसाईटट ह्याक भएको छ। शुक्रवार बिहान १०:३० मा वेभसाईट ह्याक भएको सूचना अधिकारी जगदीशप्रसाद जोशीले बताए ।

मुख्यमन्त्री कार्यालयको साइट ह्याक भएपछि अहिले हेर्न नमिल्ने भएको छ। वेभसाईट ह्याक भएको थाहा हुनासाथ सूचना प्रविधि विभाग काठमाडौंमा खबर गरेर साइट रिकभर गर्ने काम भइरहेको सूचना अधिकारी जोशीले बताए।

अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को साइट खोल्दा ‘ह्याक्ड बाइ क्याप्टेन स्मोक थ्री आर’ लेखिएको देख्न सकिन्छ।

प्रतिक्रिया