क्यानको प्रवक्तामा छुम्बी लामा नियुक्त


काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक प्रवक्ता तोकेको छ ।

क्यानको बिहीबार बसेको बैठकले क्यानका केन्द्रीय सदस्य समेत रहेका छुम्बी लामालाई क्यानको प्रवक्तामा नियुक्त गरेको हो ।

लामा २०६८ सालदेखि क्रिकेटमा सक्रिय छन्। क्यानको अध्यक्षमा टंक आङ्बुहाङ निर्वाचित भएपछि लामाले सुरुमा क्यानको कार्यालय प्रमुखको जिम्मेवारी पाएका थिए।

क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले निलम्बन गरेपछि क्रिकेट गतिविधि संचालन गर्न लामाले परिषद्को तर्फबाट काम गरेका थिए।

कुनै समय उनी क्यानको कर्मचारी रहेका लामा सन् २०१३ मा कार्यालय प्रमुख ‘अफिस हेड’का रूपमा क्यानमा प्रवेश गरेका थिए । चिफ अपरेटिङ अफिसर (सीओओ) का रूपमा क्यानमा काम गरेका छुम्बी २०२० मा आएको क्यान बोर्डमा केन्द्रीय सदस्य बन्न सफल भएका थिए ।

प्रतिक्रिया