सरकारले निर्णय नगर्दा डीआईजी पोखरेलले एआईजीको फुली लाउन पाएनन्


काठमाडौं – सरकारले एआईजी बढुवाको निर्णय नगर्दा डिआईजी पोषराज पोखरेल सोही पदबाट अवकाशमा गएका छन् ।

गएरातिबाट उनी अनिवार्य अवकाशमा गएका हुन् ।

गृहमन्त्रालयले पोखरेललाई असार दोस्रो साता प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको थियो ।

असार २० गते अवकास हुने पोखरेल असार १९ पछि खाली हुने एआईजीका लागि बढुवा सिफारिस भएका थिए । असार १९ मा एआईजी उमेश जोशीले अनिवार्य अवकाश पाउने अवस्थामा अगावै पोखरेलको बढुवा सिफारिस गरिएको थियो ।

तर सत्ता समिकरणमा आएको फेरबदलका कारण सरकारले उनको बढुवा गरेन ।

एआईजी बढुवाको निर्णय मन्त्रीपरिषद्बाट गर्नुपर्ने व्यवस्था छ ।

पोखरेलले बिहीवार नै उपत्यका ट्राफिक कार्यालयले बिदाइ गरेको थियो ।

प्रतिक्रिया