लेबर पार्टीले जित्यो बेलायतको आम निर्वाचन, प्रधानमन्त्री सुनकद्वारा राजीनामाको घोषणा


एजेन्सी – बहुमतका लागि आवश्यक ३२६ सिटको जित पार गरेसँगै बेलायतमा लेबर पार्टीले सरकार बनाउने भएको छ । जितपछि मध्य लण्डनमा बोल्दै लेबर पार्टीका नेत एवं आगामी प्रधानमन्त्री केयर स्टारमरले अब परिवर्तन गरेको बताए।

६५० सिटको हाउस अफ कमन्समा लेबर पार्टीले ३७८ सिट जितिसकेको छ भने ऋषि सुनका नेतृत्वको कन्जरभेटिभ पार्टीले ८८ सिटमा जित हात पारेको बीबीसीले जनाएको छ ।

उता लिबरल डेमोक्र्याट्सले ५० सिट जित्दा अन्य साना दलहरू पनि देखिएका छन् ।

अझै पनि एक सयभन्दा बढी स्थानको नतिजा आउन बाँकी नै छ । परिणामपछि वर्तमान प्रधानमन्त्री ऋषि सुनकले हार स्वीकार गर्दै माफी मागेका छन् । कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए पछि उनले पदबाट राजीनामा दिने घोषणा पनि गरेका छन् ।

प्रतिक्रिया