प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- संसद विघटन बदर भएपछि राजीनामा दिनुपर्छ कि पर्दैन ?


काठमाडौं – प्रतिनिभिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले संसद विघटन बदर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ कि पर्दैन भनी प्रश्न उठाएका छन् ।

आफूले गरेको संसद विघटन अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री ओलीले नैतिक जिम्मेवारी पूर्वक राजीनामा दिनु पर्ने भन्दै सो प्रश्न गरेका हुन् ।

‘असंवैधानिक कदम हो भनेर न्यायपालिकाले निर्णय गरेपछि सरकारको निर्णय खारेज गरेपछि, विधिको शासन मान्छौं र संविधानको पालना गर्छौं भन्ने सरकारले नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ?’ उनले सोधे ।

संविधानको रक्षा गर्नु सरकारको पहिलो काम भए पनि ओली नेतृत्वको सरकार बनेदेखि निरन्तर रुपमा संविधानमाथि प्रहार सुरु भएको नेता खाँडले बताए ।

प्रतिक्रिया