पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व


एजेन्सी- भारतको कर्नाटकमा बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको छ । जुन स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्ने स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् ।

खाद्यवस्तुमा हानिकारक ब्याक्टेरिया भेटिएपछि प्रदेशको खाद्य सुरक्षा विभाग क्रियाशील भएको छ । खाद्य सुरक्षा अधिकारीहरूले विभिन्न स्टलहरूमा जाँच गरिरहेका छन् । खतरा महसुस भयो भने पानीपुरी बेच्न र खान प्रतिबन्ध लगाउन सकिने अधिकारीहरूले बताएका छन् ।

भारतीय खाद्य सुरक्षा र मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले आफ्नो अनुसन्धानमा २६० ठाउँबाट पानीपुरीको नमुना लिएको थियो। जसमध्ये ४१ नमुनामा नक्कली रङ र क्यान्सर गराउने तत्त्व भेटिएको जनाएको छ । यसमा ब्रिलियन्ड ब्लू, सनसेट येलो र टाट्र्राजिन जस्ता रसायनहरू भेटिएका छन् ।

यी पदार्थको अत्यधिक सेवनले पेट दुख्ने, मुटुको रोग लाग्ने र प्रतिरक्षा प्रणाली कमजोर हुने जस्ता गम्भीर रोग लाग्ने स्वास्थ्य विज्ञहरूले चेतावनी समेत दिएका छन् ।

 

प्रतिक्रिया