छिमेकी देशमा जिका भाइरस पुष्टि, सङ्क्रमित हुनेमा दुई जना गर्भवती पनि


काठमाडाैं- भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस भेटिएको छ । जिका भाइरसबाट ८ जना सङ्क्रमित भएका छन्। जसमध्ये २ जना गर्भवती छन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा ६ जना, अहमदनगर र कोल्हापुरमा एक–एक जनामा जिका भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरूको परीक्षण गर्दा ८ जनामा जिका भाइरस पुष्टि भएको हो ।

जुन २६ मा जिका भाइरस सङ्क्रमणको पहिलो केस एरन्डवानेमा रिपोर्ट गरिएको थियो। त्यहाँ ४६ वर्षीय चिकित्सकको रिपोर्ट पोजेटिभ आएको थियो। उनको १५ वर्षीया छोरीमा पनि जिका भाइरस पोजेटिभ देखिएको छ ।

पछिल्लो समय प्रायः जसो वर्षमा भारतका कुनै न कुनै क्षेत्रमा जिका भाइरसका सङ्क्रमित भेटिने गरेका छन् ।

जिका भाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि स्वास्थ्य अधिकारीहरू चिन्तित बनेका छन् ।

जिका लामखुट्टेबाट सर्ने भाइरस हो। यो रोग एक हल्का, आत्म–सीमित रोग हो र यो ज्वरो, दाग र जोर्नी दुखाइसँगै सुरु हुन्छ। यो भाइरस लामखुट्टेको टोकाइबाट सर्ने भए पनि यो यौन सम्पर्कबाट पनि सर्ने गर्छ ।

प्रतिक्रिया