नेकपा एसको निर्वाचन निर्देशिका : केन्द्रीय कमिटीमा जिल्लाबाट एक जना अनिवार्य


काठमाडौं – नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनमा निर्वाचन निर्देशिका सार्वजनिक भएको छ ।

कमलादीमा जारी महाधिवेशनको चौथो दिन केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटी निर्वाचन निर्देशिका २०८१ तय गरिएको हो ।

महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । केन्द्रीय कमिटी निर्वाचनमा प्रत्येक जिल्लाबाट एक जना प्रदेश अन्तर्गत २५ सय संगठित पार्टी सदस्य, बराबर एक जनाका दरले थप हुने निर्देशिकामा उल्लेख छ ।

महिला लगायतका सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने उल्लेख छ । नेकपा एसको भावी नेतृत्वमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने देखिएको छ । महासचिव भुसाललाई सम्मानित नेता झलनाथ खनालको समर्थन छ ।

प्रतिक्रिया