कांग्रेसमा मन्त्रीको भागबण्डा, तीन नेतामध्ये कसलाई कति ?


काठमाडौं- एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने भएपछि नेपाली कांग्रेसबाट मन्त्री बनाइनेहरूकाे खाका तयार गरिन लागिएकाे छ । कांग्रेसकाे संस्थापन र इतर समूह सरकारमा पठाउने मन्त्रीहरुको संख्याबारे सहमतिनजिक पुगेको छ ।

नेपाली कांग्रेसले गृहसहित १० मन्त्रालय पाउने भएपछि संस्थापन पक्षले ६ वटा मन्त्री, वरिष्ठ नेता शेखर कोइराला पक्षलाई ३ मन्त्री र महामन्त्री गगन थापाबाट १ मन्त्रीको नाम सिफारिस गर्ने लगभग तय भएकाे एक नेताले बताए । थापा आफैं जाने वा अरुलाई पठाउने निर्णय भने भइसकेको छैन ।

मन्त्रालयको टुंगो लागेपछि सोहि अनुसार मन्त्री छनोट गर्ने बताइएको छ । एमालेले अर्थसहित ९ मन्त्रालय पाउने छ ।

 

प्रतिक्रिया