प्रधानमन्त्री प्रचण्ड : जसले सत्ता ढल्न लागेको सुचना नै पाएनन् !


काठमाडौं – मुलुकको कार्यकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सत्ता संकटमा परेको छ । प्रधानमन्त्री मात्रै होइन समयमै सुचना प्राप्त नगर्दा सातवटै प्रदेशबाट समेत माओवादी एकैचोटी सत्ताबाट बाहिरिने अवस्थामा पुगेको हो ।

आगामी आर्थिक वर्षको बजेटबाट सुरु भएको एमाले अध्यक्ष केपी ओलीको असन्तृष्टि नयाँ समिकरणमा मात्रै गएन् स्वयंम प्रचण्डका साझेदार ओली आफै प्रधानमन्त्री बन्ने लाइनमा पुगे ।

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा ओली निवासमा पुगेपछि सत्ता गठबन्धनमा संकट आउने चर्चा चलिसकेको थियो ।

तर प्रधानमन्त्री प्रचण्डले त्यो सुचनालाई सामान्य रुपमा लिए । यसमा ओली सफल देखिए । ओली–देउवा सम्वादका कुरा बाहिर आएनन् ।

शनिबारपछि आइतबार र सोमबार साढे २ र साढे ३ घण्टा प्रचण्ड ओली सम्वाद भयो ।

सोमबार पनि ओलीले पत्रकारले तपाईको प्रधानमन्त्रीको सपथ कहिले हो भन्दा खै यो वर्ष त होलाजस्तो लाग्दैन भन्ने जवाफ दिए ।

ओलीले सरकारमा सहभागि मन्त्रीलाई पनि यसको छनक दिएनन् । सुचना चुहिने डरले ओलीले सबै कुरा शीर्ष तहमै गोप्य राखे ।

कार्यकारी प्रधानमन्त्रीको सचिवालय सत्ता गठबन्धनमा कुनै समस्या नआएको प्रतिक्रिया दिनमा व्यस्त भयो ।

गृहमन्त्री रवि लामिछाने पनि गठबन्धन भत्कीने कुरामा शंका नगर्न आग्रह गर्न थाले ।

तर ओली देउवाको सत्ता समिकरणको अभ्यास भित्रभित्र चल्दै गयो ।

मुलुकको कार्यकारी प्रधानमन्त्रीले आफ्नै सत्ता ढलेको सुचना प्राप्त गर्न सकेनन् । यहाँसम्मकी सोमबार साँझमात्रै माओवादी नेतृसमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले सत्ता गठबन्धनमा समस्या नआएको दाबी गरिन् ।

पर्याप्त सुचना नहुँदा प्रधानमन्त्री प्रचण्डले मुभ गर्न सकेनन् । सबै कम्युनिष्ट एकै ठाउँमा आउनुपर्ने व्यक्तव्य दिइरहँदा सत्ता कम्युनिष्ट नेताकै कारणले ढल्यो ।

नयाँ समिकरण बनाउन एमाले र कांग्रेसका दोस्रो तहका नेताहरु सक्रिए थिए । सोमबार मध्यरातमा सहमती भयो ।

प्रधानमन्त्रीको सचिवालयले सत्ता ढल्न लागेको सामान्य सुचना पनि नराख्नुले सुचना संयन्त्र कति बलियो छ भन्ने प्रश्न समेत उठेको छ । जबकी प्रधानमन्त्रीसंग सचिवालय बाहेक अन्य सुरक्षा संयन्त्र पनि हुन्छन् ।

प्रधानमन्त्रीसंगै सातवटै प्रदेशको सत्ताबाट माओवादी बाहिरीने अवस्था पक्कापक्की छ ।

 

प्रतिक्रिया