त्रिभुवन विमानस्थलभित्र कार दुर्घटना, एक महिला घाइते


काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कार दुर्घटना हुँदा चालक घाइते भएकी छन् ।

मंगलबार बिहान  विमानस्थलको पार्किङमा रोकिराखेको कारमा अर्को कारले ठक्कर दिंदा  चालक काठमाडौंकी ५७ वर्षीया विद्यामाली प्रधान घाइते भएकी हुन् ।

विमानस्थलमा मान्छे छाडेर आएको बा ०१०२७ च १५९० नम्बरको निजी कारले पार्किङमा रोकिराखेको बा ५ ६ ७२७५ नम्बरको कारलाई पछाडि ठक्कर दिएको थियो ।  त्यसपछि गाडी अनियन्त्रित भएर केही पर पुगेर पर्खालमा ठोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया