ब्रेकिङ : महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा


काठमाडौं – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन्।

सरकारका मुख्य कानूनी सल्लाहकारका रुपमा रहेका खरेल प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्याको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट रहेका थिए।

खरेलले दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन्। राजीनामाबारे राखेको जिज्ञासामा खरेलले भने, ‘१ बजे पत्रकार सम्मेलन छ, त्यहीँ आउनुस् न थाहा हुन्छ।’

अनलाइनन्यूज ७ लाई विशेष श्रोतबाट प्राप्त जानकारी अनुसार खरेलको राजीनामा स्वीकृत हुने क्रममा छ।

प्रतिक्रिया