एमाले–कांग्रेस समीकरणः यी हुन् शीर्ष नेतासँग रातदिन खटिएका दोस्रो पुस्ताका नेताहरु


काठमाडौं – प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमतिमा हस्ताक्षर गरेका छन् ।

पछिल्लो राजनीतिक घटना क्रमको विकासका लागि प्रमुख दुई शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलका लागि कांग्रेसका रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की खटिएका थिए भने नेकपा एमालेका तर्फबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र रमेश बडाल खटिएको जनाइएको छ ।

ललितपुरको झम्सिखेलमा रहेको होटल भिभान्तामा भएको सहमतिमा अब सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने जनाइएको छ ।

एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ ।

त्यसका साथै प्रदेशमा पनि ३/३ मा नेतृत्व लिइने र मधेशमा मधेश केन्द्रीत दललाई नै नेतृत्व दिइने सहमति भएको पनि जनाइएको छ ।

प्रतिक्रिया