ओली प्रधानमन्त्री बन्ने,कांग्रेस १० मन्त्रालयसहित सरकारमा जाने


काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । गएराति भएको सहमतीअनुसार दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो ।
दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको छ । पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नेछन् । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिएर सरकारमा जानेछ ।

 

प्रतिक्रिया