

कांग्रेस नेता तथा पूर्वमन्त्री जोशी तीन सातादेखि कोमामा
उपचारमा सरकारका तर्फबाट १० लाख दिने अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलको घोषणा

काठमाडौं– मस्तिष्क घात भई नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशी कोमामा रहेको अस्पताल स्रोतले जनाएको छ।
तीन सातादेखि उनी नर्भिक अस्पतालको भेन्टिलेटरमा उपचाररत छन्। शुक्रबार सरकारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पताल पुगेर उनको अवस्थाबारे जानकारी लिएका छन्।
जोशी परिवारलाई उनले सरकारका तर्फबाट उपचार खर्च १० लाख रुपैंया सहयोग गर्ने घोषणा पनि गरेका छन्। ‘सरकारका तर्फबाट उपप्रधानमन्त्रीले स्वास्थ्य अवस्था बुझ्नुभएको छ, उहाँको उपचारलाई सहयोग गर्ने घोषणा पनि दिनुभएको छ’, अस्पताल स्रोतले भन्यो।
मस्तिष्कघात हुनासाथ वीर अस्पताल हुँदै नर्भिकमा लगिएका उनको शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको छ।

