आज नेकपा एसको महाधिवेशनको दोस्रो दिन


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आज पनि जारी रहनेछ ।

आइतबारबाट सुरु भएको महाधिवेशन आज पनि जारी रहने भएको हो ।

एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ८४७ प्रतिनिधि सहभागी हुने बताइएको छ ।

असार २० गतेसम्म चल्ने महाधिवशेनमार्फत पार्टीका विभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया