नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झालाई ७ दिन म्याद थप


काठमाडौं — काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतल काठमाडौंले आदेश दिएको हो ।

काठमाडौं प्रहरी परिसरले शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेश गरेको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

प्रहरीको विशेष ब्यूरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएको हो ।

त्यस्तै प्रहरीले शुक्रबार काठमाडाैंको बाैद्धबाट पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पनि सोही प्रकरणमा पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया