महाकालीमा बगेर सुर्खेतका गुरुङ बेपत्ता


काठमाडौं–महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर महाकालीमा बगेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ छन् ।
उनी कम्पनीमै कार्यरत अन्य मजदुरसँग माछा मार्न गएको बेला महाकालीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया