आगामी तीन दिन यी नदीमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह


काठमाडाैं- आगामी तीन दिन नदीहरुमा पानीको सतह बढेर बाढीको जोखिम हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान सूचना निकालेर आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीमा तथा बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य रूपमा बढ्ने भन्दै नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध छ ।

केही दिनदेखि पानी निरन्तर परिरहेको र नदीमा पानीको सतह बढिरहेकोले यस बेला सामान्य पानी पर्दा पनि बाढीको जोखिम हुन सक्ने महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया