कैदीलाई खोप लगाउने योजनाबारे मौन छन् सरकारहरु : एम्नेस्टी इन्टरनेशनल


काठमाडौं – कैदीहरूलाई राष्ट्रिय खोप कार्यक्रममा समेट्न मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले आह्वान गरेको छ ।

विभिन्न तहका व्यक्तिहरुलाई प्राय जसो मुलुकले खोप अभियान चलाईरहँदा भीडभाडपूर्ण अवस्थाका थुनुवा कक्षमा रहेका लाखौं व्यक्तिहरूलाई राष्ट्रिय खोप कार्यक्रममा कमै मात्रामा समेटिएको भन्दै अब कैदीहरुलाई पनि खोप अभियानमा समेट्न संस्थाले आग्रह गरेको हो ।

‘कारागारमा बिर्सिएकाहरूः कोभिड–१९ र कारागार’ नामक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाले कारागारमा कोभिड–१९ संक्रमणको चिन्ताजनक अवस्था रहेकाले बन्दी र कैदीहरूलाई खोप कार्यक्रममा सहभागी गराउन आग्रह गरेका हुन् ।

‘विश्वभर खोप वितरणसम्बन्धी रणनीति र योजनाले आकार लिन सुरू गरको भए पनि धेरै सरकारहरू विशेष जोखिममा रहेका कैदीहरूलाई खोप लगाउने योजनाबारे मौन छन्’, प्रतिवेदनमा भनिएको छ ।

संस्थाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्दा कैदी बन्दीहरू विस्मृतिमा परेको जनाएको छ । उसले कोभिड नियन्त्रणका उपायहरूका कारण मानवअधिकारका गम्भीर उल्लङ्घन भएको पनि उल्लेख गरेको छ ।

 

प्रतिक्रिया