भारतले खोल्यो धौलीगंगाको बाँध, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


काठमाडौं- भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले शनिबार (आज) बिहान ६ बजे बाँध खोलेको हो ।

यसअघि एनएचपिसी लिमिटेडले पत्राचार गर्दै असार १५ गते बिहान ६ बजेदेखि असार १६ बेलुका ६ बजेसम्म बाँध  खोल्ने जानकारी गराएको थियो ।

सोही जानकारीका आधारमा सीमा क्षेत्रमा रहेका नेपालका जिल्ला प्रशासनहरुले सूचना निकालेर महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपाउन आग्रह गरेका छन् ।

धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया