दैलेखमा जीप दुर्घटना हुँदा ९ घाइते, दुईको अवस्था गम्भीर


दैलेख – दैलेखमा जीप दुर्घटना हुँदा नौं जना घाइते भएका छन् ।

आज (शुक्रबार) दिउँसो साढे २ बजेतिर जीप दुर्घटना हुँदा नौं जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जीप नारायण नगरपालिका–५ धितामा दुर्घटनामा परेको हो ।

जीप दुर्घटना हुँदा त्यसमा सवार नौं जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी डीएसपी सुनिल दाहालले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये सात जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ भने गम्भीर घाइते दुई जनालाई रिफर गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया