

अब यस्ता ईसेवा अकाउन्टबाट कारोबार गर्न नपाइने

काठमाडौं- अब केवाईसी भेरिफाई नभएका ईसेवा अकाउन्टबाट कारोबार गर्न नपाइने भएको छ ।
ईसेवाले एक सूचना निकाल्दै आगामी १ साउनदेखि केवाईसी भेरिफाई नभएका डिजिटल वालेटहरूको कारोबार रोक्का हुने भएकोले तत्कालै भेरिफाई गर्न ईसेवाले अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार आगामी १ साउनदेखि सबै डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो वालेटको केवाईसी अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ ।

