सुदूरपश्चिमका मन्त्री भाट बैतडीमा, वडा कार्यालय उद्घाटन


धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री ओम विक्रम भाट सरल यतिबेला बैतडीमा छन् । मन्त्री नियुक्त भएपछि पहिलोपटक पहाड भ्रमणमा रहेका भाट आज (शुक्रवार) बैतडीको पाटन नगरपालिका-८ स्थित सिद्देश्वर पुगेका हुन् ।

त्यहाँ पुगेका मन्त्री भाटले आजै ८ नम्बर वडा कार्यालयको प्रशासकिय भवनको उद्घाटन गरेका छन् । उनले सुदूरपश्चिम प्रदेश सरकार र पाटन नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित उक्त वडा कार्यालयको प्रशासनिक भवनको एक कार्यक्रमकाबीच समुद्घाटन गरेका हुन् ।

सो कार्यालयले यस अगाडि संरचना भाडामा लिएर सेवा सञ्चालन गर्दै आएको थियो। तर अहिले भने आफ्नै संरचना निर्माण गरि आफ्नै भवनबाट सेवा सञ्चालन गरिएको बताइएको  छ ।

प्रतिक्रिया