रथी सिग्देलको नागरिकताबारे सदनमा चर्चा


काठमाडाैं- जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपाली सेनाका रथी अशोकराज सिग्देलको जन्ममिति विवादबारे सदनमा कुरा उठाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा उनले सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति भएको कुराबारे सरकारको गम्भीर ध्यानाकर्षण गराए । ‘नेपालको गौरवशाही इतिहास बोकेको छ । नेपालीहरुले गौरव गर्ने एउटा संस्था हो । आज त्यसका नेतृत्वको कयान गलत क्रियाकलापले गर्दा भएको वेथितिका बारेमा मिडियाहरुमा चर्चा हुँदै आएको छ’ उनले भने ।

उनले नेपालीको गौरव भनेर चिनिएको र संसारले मानेको नेपाली सेनामा यसरी विवादमा तानिुनु अत्यन्तै चिन्ताको विषय भएको बताए । ‘नेपालले गौरव गरेको नेपाली सेनाको संस्था यसरी कलंकित भईरहँदा सम्बन्धित निकाय मौन बस्नु राम्रो होइन् । नेपालको गौरवको रुपमा रहेको सेना विश्वले गर्व गर्ने, निष्कलंकित हुनुपर्छ । उदाहरणीय हुनुपर्छ । सेनाको छविमाथि आँच पुर्याउने हर्कत जसले गरेको छ । तीनलाई कारबाही हुनपर्छ’ उनले भने । ‘यसरी विवादित कुरा बाहिर आईरहँदा सम्बन्धित निकायले किन जवाफ दिँदैन् । रक्षामन्त्रीज्यू मौक हुनुहुन्छ किन ?’

प्रतिक्रिया